Archive Pages Design$type=blogging

.
Kheladi

पश्चिमाञ्चललाई छ स्वर्ण

८ असार, काठमाडौं - पश्चिमाञ्चलले प्रथम राष्ट्रिय विद्यालय तेक्वान्दो प्रतियोगितामा शनिबार शीर्ष स्थान हात पारेको छ । पश्चिमाञ्चलले ६ स...

८ असार, काठमाडौं - पश्चिमाञ्चलले प्रथम राष्ट्रिय विद्यालय तेक्वान्दो प्रतियोगितामा शनिबार शीर्ष स्थान हात पारेको छ । पश्चिमाञ्चलले ६ स्वर्ण, ३ रजत र त्यत्तिनै कांस्य जित्यो ।
 
दोश्रो भएको मध्यमाञ्चलले ४ स्वर्ण, ३ रजत र ५ कांस्य हात पार्‍यो । २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघ तेश्रो भयो । राष्ट्रिय तेक्वान्दो युनियन- नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको ५५-५८ केजीमा ज्ञानज्योति एकेडेमी, पश्चिमाञ्चलका अजयकुमार रिजाल, ४० केजीमा श्री जनज्योति उमावि, राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघका रमेश विश्वकर्मा, ५५ केजीमा ज्ञानज्योतिका रविन अधिकारी, ५१ केजीमा लखन थापा मावि, पश्चिमाञ्चलका सुमन सारु मगर तथा ३५ केजीमा पूर्वाञ्चलका प्रकाश भट्टराईले स्वर्ण जिते ।
 
त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमीकभर्डहलमा भएको महिला ४४ केजीमा श्री प्रगति मावि, मध्यमाञ्चलकी श्रसिना थापा, ५२ केजीमा रामनगर एकेडेमी, पश्चिमाञ्चलकी पार्वती पाण्डे, ४९ केजीमा परोहा उमावि, पश्चिमाञ्चलकी विस्ना खत्री, ३८ केजीमा प्रगति उमावि, महासंघकी मनिता लम्साल, ४२ केजीमा गौरीशंकर स्कुल, मध्यमाञ्चलकी संगीता पुलामी तथा ४६ केजीमा ज्ञानज्योति, पश्चिमाञ्चलकी तारा पराजुलीले स्वर्ण चुमे ।
 
दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्रको ५ र राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको १ गरी ६ टिमका ७८ खेलाडीले १३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: पश्चिमाञ्चललाई छ स्वर्ण
पश्चिमाञ्चललाई छ स्वर्ण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9gISoOjc86IF7_UCO4t4qDuJhwYRbAe2ST6mc9qXPFUwRU1LOj9P0WAxMUsIScrsfwvRaVJ0LKFleWxOL2QrsVEGTW1y_q0M93nVRPD_oV7_QAqmiz5e9vd4TiVhJJQEpJzRT-N28sSk/s640/teakwando.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9gISoOjc86IF7_UCO4t4qDuJhwYRbAe2ST6mc9qXPFUwRU1LOj9P0WAxMUsIScrsfwvRaVJ0LKFleWxOL2QrsVEGTW1y_q0M93nVRPD_oV7_QAqmiz5e9vd4TiVhJJQEpJzRT-N28sSk/s72-c/teakwando.jpg
KHELADI
http://kheladi.blogspot.com/2013/06/blog-post_0.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2013/06/blog-post_0.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago