१५ भदौ,पुणे (भारत)- नेपालको राष्ट्रिय फुटबल टोलीले सोमबार भएको मैत्रीपूर्ण खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको छ। नेपालले भारतविरुद्ध नि...
१५ भदौ,पुणे (भारत)- नेपालको राष्ट्रिय फुटबल टोलीले सोमबार भएको मैत्रीपूर्ण खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको छ। नेपालले भारतविरुद्ध निकालेको यो तेस्रो बराबरी हो । नेपालले खेलेका १८ मध्ये १३ खेलमा हार भोगेको छ।
तीन खेल बराबरीको नतिजा निकालेको छ भने दुई खेल जितेको छ। चार महिनापछि भारतमै हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीमा रहेको नेपालले लामो समयदेखिको गोलको खडेरी भने टार्न सकेन।
पुणेस्थित बालुवाडी रंगशालामा भएको खेलमा नेपाली टोली अधिकांश समय आफ्नो पोस्टमा हाबी भएको घरेलु टोलीलाई गोल गर्नबाट रोक्न व्यस्त बनेको थियो। नेपालले रक्षात्मक रणनीति अपनाएको थियो।
पहिलो हाफमा भारतले एकतर्फी दबाब कायम गर्दा नेपाली रक्षापंक्ति अत्यन्तै व्यस्त बनेको थियो। मध्यान्तरअघि चारपटक नेपाली टोलीले जीवनदान पाउँदा दुईपटक गोलरक्षक किरण चेम्जोडले उत्कृष्ट बचाउ गरे।
२० औं मिनेटमा सन्देश जिंघनले २५ यार्डबाट गरेको कडा प्रहारलाई उनले पन्च गरेर जोगाए। किरणले त्यसको सात मिनेटपछि रोबिन सिंह र जेजे लाल्पेख्वुवालाई पनि निराश पारेका थिए।
रोबिनले पेनाल्टी बक्सभित्रबाट हानेको कडा प्रहारलाई पनि किरणले पन्च गरेर फर्काए। त्यसैको रिबाउन्डमा आएको बललाई जेजेले पुन सशक्त प्रहारमार्फत गोलको दिशा दिन खोज्दा पनि किरण बाधक बने।
खेलमा मात्र केन्द्रित गर्ने बहानामा कप्तानीको जिम्मेवारीबाट पन्छिएका नेपाली मूलका भारतीय स्ट्राइकर सुनिल क्षेत्री पनि पहिलो हाफमै घरेलु टोलीलाई अग्रता दिलाउने सुनौलो मौकाबाट चुके। मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा पाएको बललाई अघि बढाउने क्रममा सुनिलले किरणलाई कटाएर पनि गोल गर्न सकेनन्।
किरणलाई कटाएलगत्तै पहिलो स्टेपमा उनले गरेको प्रहार पोस्टभन्दा केही परबाट बाहिरियो। यसैगरी पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस फर्नान्डोले तीन नेपाली रक्षकलाई कटाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो।
१२ हजार पाँच सय दर्शक क्षमताको रंगशालामा उपस्थित करिब पाँच हजार दर्शकसामु भारत जितको एकमात्र लक्ष्य लिएर मैदान उत्रिएको थियो। निःशुल्क टिकट भएका कारणले अपेक्षाकृत दर्शक मैदानमा आएका थिए।
सेप्टेम्बरमा इरानविरुद्ध विश्वकप छनोटको दोस्रो चरण खेल्ने तयारीमा रहेको भारतलाई सोमबार मनोबल बढाउनका लागि पनि जित आवश्यक थियो। तर त्यसमा नेपाली रक्षापंक्ति बाधक बनेको भारतका बेलायती प्रशिक्षक स्टेफन कन्सटेन्टाइनले बताए।
‘हामीले पहिलो हाफमै एक दुई गोल गर्न सक्नुपथ्र्यो, तर नेपालले उत्कृष्ट रक्षात्मक खेल्यो। गोल गर्न नसकेकोमा मलाई कुनै चिन्ता छैन, किनकि हामीले गोलका धेरै अवसर सिर्जना गर्यौं। यो सकारात्मक हो', नेपालका पूर्वप्रशिक्षक स्टेफनले भने।
'नेपालको खेलबारे मलाई राम्रो थाहा थियो। उनीहरूले खेल्ने यस्तै हो। नेपाललाई सुरुमा गोल गर्न सक्यो भने अरू धेरै गोल गर्न सकिन्छ। तर सुरुमा अवसर उपयोग गर्न सकेन भने उनीहरूले उत्कृष्ट रक्षात्मक खेलेर विपक्षीलाई उल्टो दबाब दिन्छन्', उनले भने।
भारतले दोस्रो हाफमा पनि गोलका केही उत्कृष्ट अवसर पाएको थियो। भारतीय आक्रमणमा प्रभावकारी देखिएका रोबिन सिंहले समय सकिन १३ मिनेट बाँकी रहँदा लामो दूरीबाट कडा प्रहार गरेका थिए।
उनको प्रहारलाई नेपाली गोलरक्षक किरणले राम्ररी नियन्त्रणमा लिन सकेनन्। तर किरणबाट फुत्किएको बल भारतीय फरवार्डको पहुँचमा पुग्नुअघि नै रविन श्रेष्ठले क्लियर गरेर नेपाललाई पराजयबाट जोगाए।यसैगरी इन्जुरी समयमा ज्याकिचन्द सिंहले बनाएको खतरनाक मुभमा रोहित चन्दले बल क्लियर गरे।
दोस्रो हाफमा यु १९ टोलीका फरवार्ड अञ्जन विष्टको स्थानमा सुशील केसी मैदान छिरेपछि विपक्षीको पोस्टमा खेल्न थालेको नेपालका तर्फबाट रोहितले ७१ मिनेटमा प्रहार गरेको लामो सर्ट पोस्टको थोरै माथिबाट बाहिरिँदा करिब एक सयको संख्यामा उपस्थित नेपाली दर्शक निराश बनेका थिए।

त्यसअघि ६५ औं मिनेटमा मैदान छिरेको चार मिनेटपछि सुशीलले तीन विपक्षी रक्षकलाई कटाएर गरेको प्रहार पोस्टभन्दा थोरै बाहिरबाट गएको थियो। यसैगरी ७३ औं मिनेटमा सुशीलको पासमा अर्का वैकल्पिक खेलाडी भरत शाहले गरेको प्रहारले पनि गोलको दिशा लिन सकेन।
सुशील र भरत मैदान छिरेपछि नेपाली खेलाडीको रफ्तार बढेको थियो । दोस्रो हाफमा विपक्षीको पोस्टमा पर्याप्त खेले पनि नेपाली फरवार्डको कुनै प्रहार पनि फ्रेममा भने थिएन।
नेपालका प्रशिक्षक ध्रुव केसीले गोल गर्न नसके पनि टिमको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे। 'भारतसँग उसकै मैदानमा बराबरी गर्नु राम्रो नतिजा हो । म नतिजाबाट सन्तुष्ट छु। पहिलो हाफमा हामीले त्यति खेल्न सकेनौं। तर दोस्रो हाफमा केटाहरूले राम्रो खेले।
नयाँ खेलाडीले पनि राम्रो खेले', केसीले भने। चोटका कारण उपकप्तान सन्दीप राई राष्ट्रिय टोलीका लागि ५० औं खेल खेल्नबाट वञ्चित भए पनि रक्षक विराज महर्जनले त्यो कोसेढुंगो छोए।
चार खेलाडीको डेब्यु
भारतसँग सोमबार पुणेमा भएको खेलमा चार खेलाडीले डेब्यु गरे। राष्ट्रिय टोलीको जर्सीमा पहिलोपटक मैदान छिर्नेमा अनन्त तामाड, नवयुग श्रेष्ठ, सुशील केसी र भरत शाह थिए।
यू १९ साफ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीका रक्षक अनन्तले सोमबार पहिलो रोजाइबाट पूरा समय खेलेका थिए भने बाँकी खेलाडीले बेन्चबाट खेलको सुरुआत गरे। उनीहरू वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा मैदान छिरेका थिए।