१४ भदौ, एजेन्सी लण्डन - इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड स्वान्सी सिटीसँग २-१ले पराजित भएको छ। आइतबार भएको खेलमा युनाइ...
१४ भदौ, एजेन्सी लण्डन - इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड स्वान्सी सिटीसँग २-१ले पराजित भएको छ।
आइतबार भएको खेलमा युनाइटेडका जुआ मार्टाले हाफटाइम लगत्तै गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। तर स्वान्सीका एन्ड्रे एयु र बाफेतिम्बी गोमिसले त्यो अग्रतालाई उल्ट्याइदिए।
यो जितसँगै स्वान्सी अंक तालिकाको शिर्ष चारमा पर्न सफल भएको छ।
इंग्लिस प्रिमियर लिगको अंक तालिकामा १० अंक भएको म्यान्चेष्टर सिटी पहिलो स्थानमा छ। नौ अंक भएको क्रिस्टल प्यालेस दोस्रो र आठ अंक भएको लेइसेस्टर सिटी तेस्रो स्थानमा छ। समान आठ अंक नै भए पनि गोल अन्तरमा पछि परेको स्वान्सी चौथो स्थानमा छ र स्वान्सीसँग पराजय भोगेको म्यान्चेष्टर युनाइटेड सात अंक सहित पाँचौ स्थानमा छ।
अर्को खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई ३-०ले हरायो।

