१६ भदौ, काठमाडौं । काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भदौ १२ मा सम्पन्न १९ वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्...
१६ भदौ, काठमाडौं । काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भदौ १२ मा सम्पन्न १९ वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली युवा टोलीका खेलाडीलाई जनही दुई लाख दिने भएको छ ।
सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा एन्फा अध्यक्ष एवम् सभासद् गणेश थापाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले युवा टोलीको सम्मानका लागि एन्फामा आबद्ध ४५ जिल्ला फुटबल सङ्घबाट एक एक लाख सङ्कलन गरी बाँकी विभिन्न सङ्घसंस्थासँग सहयोगमा पुरस्कृत गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।
सो प्रतियोगिता फाइनलमा नेपालले भारतलाई टाइ ब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपाली फुटबलको इतिहासमा नेपालले २२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको थियो ।
त्यस्तै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि उक्त टोलीलाई जनही एक लाख प्रदान गरिने घोषणा यसअघि नै गरिसकेका छन् । रासस

