१६ भदौ- लिभरपुल कलेजले एनसेल यू–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । लिभरपुलले ट्रिनिटी इन्टरनेसनल कलेजला...
१६ भदौ- लिभरपुल कलेजले एनसेल यू–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । लिभरपुलले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४६–३७ ले पराजित गर्यो ।
विजयी टिमका लागि आशिष बस्नेतले १८ अंक जोडे । पहिलो क्वाटरमा ६–१३ ले पछि पारेको लिभरपुलले त्यसपछिको खेलमा अग्रता कायम गर्दै जित हात पार्यो ।
लिभरपुलले पछिल्ला तीन क्वाटरमा क्रमश: १५–९, १०–९ र १५–६ को प्रदर्शन गर्यो । मोर्गन र प्राइमले पनि जित निकाले ।
मोर्गनले जेम्सलाई ६८–३३ ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १३ अंक जोडे ।
मोर्गन चारै क्वाटरमा अगाडि
रह्यो । पहिलोमा २०–१० को अग्रता बनाएको मोर्गनले दोस्रोमा १६–९, तेस्रोमा १५–६ र चौथोमा १७–८ स्कोर गर्यो । प्राइमले डीएभी कलेजलाई ६३–१० को फराकिलो अन्तरले निराश बनायो ।
प्राइमका निश्चल महर्जनले १२ अंक योगदान गरे । प्राइमले पहिलोमा २०–२, दोस्रोमा ११–२, तेस्रोमा १५–० र चौथोमा १७–६ स्कोर बनायो ।
प्रतियोगितामा १६ ब्वाइज
टिम सहभागी छन् । विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार पुरस्कार हात पार्नेछन् । प्रतियोगिता भदौ २६ गतेसम्म चल्नेछ ।

