१४ भदौ काठमाडौं - नेपालमा साफ यु – १९ च्याम्पियनसिपको खेल भइरहँदा उता हङकङमा नेपाली बक्सर सुरेश गुरुङ (गोर्खाली वारियर) ले बिजयी झण्डा फहर...
१४ भदौ काठमाडौं - नेपालमा साफ यु–१९
च्याम्पियनसिपको खेल भइरहँदा उता हङकङमा नेपाली बक्सर सुरेश गुरुङ (गोर्खाली
वारियर) ले बिजयी झण्डा फहराइ सकेका थिए ।
डीएफओ बक्सिङ क्लबले आयोजना गरेको
च्याम्पियनसिप– २ प्रोफेसनल बक्सिंगमा सुरेशले विजय हासिल
गरेका हुन । सुरेशले खेलमा चाइनिज बक्सर प्रतिस्पर्धीमाथि विजय हासिल गरेका हुन ।पुर्खौली घर गोरखा भई पोखरामा जन्मेका सुरेस
हङकङमा हुर्केका हुन ।
एक दशक देखि बक्सिङ खेलमा लागेका गुरुङले ब्यबसायी तर्फ ४
खेलमा ३ विजय हात पारिसकेको बताए ।एमेचरमा भने २५ खेलमा २३ विजय हात पारेका छन ।
गुराँस एसोसिएसनको बिशेष सहयोगमा प्रायोजित उक्त बक्सिङ खेल तिन हजार दर्शकले
अवलोकन गरेका थिए । सम्पूर्ण टिकट निर्धारित मिति भन्दा एक हप्ता अघि नै विक्री
भैसकेको थियो ।
खेल हङकङको वानचाई स्थित कन्भेन्सन हलमा भएको
हो । हङकङको वानचाई स्थित कन्भेन्सन हलमा भएको खेलमा ३ हजार दर्शकले उक्त खेल
अवलोकन गरेका थिए । हङकङमा गुरुङ पुलिस क्लबसंग आबद्ध भएर खेल्छन ।
