२८ भदौ, पोखरा - राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारदेखि पोखरामा सुरु भएको छ । पहिलो दिन सशस्त्र प्रहरीले दुई खेलमा जित हासिल ...
२८ भदौ, पोखरा - राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारदेखि पोखरामा सुरु भएको छ ।
पहिलो दिन सशस्त्र प्रहरीले दुई खेलमा जित हासिल गर्यो । सशस्त्रले रुपन्देहीलाई २५–३, २५–१० र २५–९ ले तथा पश्चिमाञ्चललाई २५–१९, २५–१७ र २५/१४ को सोझो सेटमा पराजित गर्यो ।
यस्तै, त्रिभुवन आर्मीले मध्यमाञ्चलबाट ‘वाकओभर’ पाउँदा न्यू डायमन्डले आर्मीलाई ३–१ को सेटमा हरायो ।
हरितालिका तीज महोत्सवको अवसर पारी नवआदर्श सामुदायिक विकास समाजले चौथो राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागी छन् ।

