३० भदौ, बिस्केक - एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा जोर्डनविरुद्ध नेपाल २-०ले विजयी भएको छ । किर्गिस्तानको बिस्केकमा भएको खेल...
३० भदौ, बिस्केक - एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा जोर्डनविरुद्ध नेपाल २-०ले विजयी भएको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औं मिनेटमा रेजिन सुब्बाको गोलले अग्रता लिएको थियो । नेपालका लागि दोस्रो गोल पनि रेजिनले नै गरे । जोर्डनले अन्तिम समयमा १ गोल फर्काए पनि नेपाललाई जितबाट रोक्न सकेन ।
एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा जोर्डनविरुद्ध नेपालले दोस्रो गोल गरेको छ । २८ औं मिनेटमा नेपालका लागि रेजिन सुब्बाले नै दोस्रो गोल गरेका हुन् ।
एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा जोर्डनविरुद्ध नेपालले पहिलो गोल गरेको छ । २८ औं मिनेटमा नेपालका लागि रेजिन सुब्बाले गोल गरेका हुन् ।
नेपाल र जोर्डनबीचको एएफसी यु–१६ च्याम्पियनसिप छनोटको खेल सुरु भएको छ । किर्गिस्तानको बिस्केकमा सुरु भएको खेलमा जोर्डनले आक्रमक सुरुवात गरेको छ । निकै कडा सुरक्षा व्यवस्थाका बीच खेल सुरु भएको हो । १९ हजार क्षमता भएको रंगशालामा दर्शकभन्दा धेरै सुरक्षाकर्मी देखिएका छन् ।

