३१ भदौ, काठमाडौं - इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । प्रिमियर लिगमा झण्डै ३० वर्षयताकै खराव लयमा ...
३१ भदौ, काठमाडौं - इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
प्रिमियर लिगमा झण्डै ३० वर्षयताकै खराव लयमा रहेको चेल्सीले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा मकाबी तेल अविवलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको खेलमा डिएगो कोस्टा र जोन टेरीलाई बेच्नमा राखिएको थियो भने ओस्कारलाई मौका दिइएको थियो ।
खेलमा चेल्सीले छैटौं मिनेटमा नै पेनाल्टी पाएको थियो । तर, इडेन हजार्डले निकै खराब पेनाल्टी प्रहार गरे । उनको प्रहार आकासियो ।
खेलको १५ औं मिनेटमा विलियनले फ्रीकिक गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, घाइते भएपछि उनलाई २३ औं मिनेटमा कोस्टाले रिप्लेस गरे ।
पहिलो हाफको अन्तिममा चेल्सीले फेरि पेनाल्टी पायो । यो पटक ओस्कारले गोल गर्दै टीमको अग्रता २-० मा पुर्याए ।
एक पक्षीय खेलको ५८ औं मिनेटमा डिएगो कोष्टाले गोल गरे भने ७८ औं मिनेटमा सेस फेब्रिगासले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाएका छन् ।
आर्सनल पराजित
बुधबार राति नै भएको खेलमा अर्को इंग्लिस क्लब आर्सनल भने डिनामा जाग्रेबसँग पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा डिनामा जाग्रेबले १० खेलाडीमा सिमित आर्सनललाई २-१ ले पराजित गरेको हो ।
जाग्रेबले २४ औं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा आर्सनल ओलिभर जिरउडले रातो कार्ड पाए । ५८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीले अग्रता २-० मा पुर्यायो ।
खेलको ७९ औं मिनेटमा वालकोटले गोल गरेपनि आर्सनलको हार टार्न सकेनन् ।


