२९ भदौ, पोखरा - पोखरामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमन्ड र सशस्त्र प्रहरी बल (एपीएफ) उपाधिका लागि भिड्ने भएका छन्...
२९ भदौ, पोखरा - पोखरामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमन्ड र सशस्त्र प्रहरी बल (एपीएफ) उपाधिका लागि भिड्ने भएका छन् ।
मंगलबार लामाचौरमा सम्पन्न पहिलो सेमिफाइनलमा साविकको विजेता न्यू डायमन्डले पश्चिमाञ्चल भलिबल संघलाई सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेको हो ।
प्रतिभा मालीको कप्तानीमा प्रतिष्पर्धामा उत्रिएको न्यू डायमन्डले २५–५, २७–२५ र २७–२५ को स्कोर कायम गरेको हो ।
मंगलबार नै सम्पन्न अन्तिम सेमिफाइनलमा सशस्त्रले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्यू डायमन्डसँगको भेट पक्का गरेको हो । सशस्त्रले २५–११, २५–१४ र २५–१५ को सोझो सेटमा आर्मीलाई पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
प्रतियोगिताअन्तर्गत् बुधबार दिउँसो न्यू डायमन्ड र एपीएफबीच उपाधि भिडन्त हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि पश्चिमाञ्चल र आर्मी भिड्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेतालाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना टिमले १० रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

