Archive Pages Design$type=blogging

.
Kheladi

जित्ने दाबी झुठो हुन्छ– ओजेम्स

२३ भदौ, काठमाडौं - 'कुनै प्रशिक्षकले उपाधि जित्ने दाबी गर्छ भने त्यो सरासर ढाटेको बुझे हुन्छ। मैले पनि त्यस्तो दाबी गरे झुटा बोलिरहे...

२३ भदौ, काठमाडौं - 'कुनै प्रशिक्षकले उपाधि जित्ने दाबी गर्छ भने त्यो सरासर ढाटेको बुझे हुन्छ। मैले पनि त्यस्तो दाबी गरे झुटा बोलिरहेको ठान्नु,' मंगलबार औपचारिक रुपमा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेपछि प्याटि्रक ओजेम्सले भने।
 
साफ च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनल पुगेको पृष्ठभूमिमा यो पटक च्याम्प्यियन बन्ने आशा गर्न सकिन्छ भन्ने प्रश्नमा बेल्जियन प्रशिक्षकको जवाफ थियो, 'जितका लागि कसम खाँदिन तर कडा मिहिनेत र राम्रो प्रदर्शनको ग्यारेन्टी भने दिन सक्छु। टोलीलाई जितका लागि तयार पार्नुपर्छ। प्रदर्शनमा सुधार गर्न सके सफलताको सम्भावना पनि बढ्दै जान्छ।'
 
सन् २०११ मा ग्राहम रोबर्टस् र दुई वर्ष अघि ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको अन्तिम चारमा पुगेको थियो। आठौं संस्करणको समाप्तीसम्म नेपाल फाइनल पुग्न सकेको छैन।
 
अघिल्लो साता औपचारिक जिम्मेवारी नभए पनि नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न ओजेम्स पुणे पुगेका थिए। उनले मंगलबारदेखि तीन दिन राष्ट्रिय टोलीसहित ३० खेलाडीलाई प्रशिक्षणमा डाकेका छन्। एन्फा कम्प्लेक्सको कृत्तिम मैदानमा उनको प्रशिक्षण झन्डै तीन घन्टा चल्यो। बोलाइएका सवै ३० खेलाडी पहिलो दिन प्रशिक्षणमा सहभागी भए।
 
पहिलो दिनको प्रशिक्षण पछि खेलाडीका बारेमा उनले भने, 'यहाँका खेलाडी प्रतिभावान छन्। युवामा क्षमता भए पनि अनुभवको कमी देखिन्छ। टोलीमा धेरै परिवर्तन गर्न बाँकी छ। अभ्यास गर्न बाँकी छ। त्यसमा एकाग्रता जरुरी छ। समय पनि लाग्छ।'
 
डिसेम्बरमा भारतमा हुने साफ च्याम्पियनसिप मुख्य लक्ष्य रहेको जनाउँदै त्यही उदेश्यमा केन्द्रित भएर तयारी अघि बढाउने उनले बताए। 'हामीसँग तीन महिनाको योजना छ। तर त्यसका लागि खेलाडीको प्रदर्शन पनि हेर्न चाहन्छु,' भदौ १० मा पहिलो पटक नेपाल आएका उनले उत्साहित हुँदै भने, 'संयोग भनौं यही साताबाट लिग सुरु हुँदैछ। त्यो हाम्रो लागि खेलाडी खोजीको एउटा मौका हो। मलाई आशा छ, ६/७ खेलाडी त्यहाँबाट छान्न सकिन्छ।'
 
उनले अवको तीन महिनामा टोलीमा परिवर्तन आउने दाबी गरे। ओजेम्सले योजना सुनाए, 'केही दिनपछि सुरु हुने लिगबाट नयाँ खेलाडी छान्न सकियो भने मैले सोचेजस्तो टोली तयार हुनेछ। त्यसपछि हामी योजना मुताविक अघि बढ्न सक्छौं।'
 
टोलीमा युवा खेलाडीको बाहुल्य रहेकोमा खुसी व्यक्त गरे पनि फुटबलमा अनुभवको पनि महत्व हुने बताए। 'सम्भवतः नेपाली टोली संसारकै युवा टोलीमा पर्छ। औसतमा खेलाडीको उमेर २५ वर्ष छ,' उनले भने, 'अहिले टोलीमा अनुभवी र कम अनुभव भएका युवा खेलाडी छन्। पहिले खेलाडीको फिटनेसमा बढी ध्यान दिनेछौं। पछि प्राविधिक विषयमा जोड दिँदै युवा र अनुभवी खेलाडीको समिश्रणमा टोलीलाई तयार पार्नेछौं।'
 
पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा नेपाली खेलाडीले गोल हान्न नसकेको बुझेका उनले आशावादी हुँदै भने, 'नेपालले गोल गर्न सक्छ। त्यसका लागि हामी अभ्यासमा कडा मिहिनेत गर्नेछौंं। म आक्रामक फुटबल खेलाउने प्रशिक्षक हुँ। छिट्टै गोल निस्कनेमा मलाई विश्वास छ। राम्रो मुभ बनाएर कसरी गोल हान्ने त्यो सिकाउने जिम्मा मेरो हो।'
 
नेपाल आउनुअघि यहाँको फुटबलवारे अनविज्ञ रहेको उल्लेख गर्दै १९९२ देखि प्रशिक्षणमा संलग्न रहँदै आएका ओजेम्सले भने, 'मैले चीनमा पनि केही समय काम गरेँ। तर पनि मलाई नेपाली फुटबलबारे कुनै जानकारी थिएन। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता भएपछि मात्र मैले यहाँको फुटबलबारे अध्ययन थालेको हुँ।'
 
आक्रमणमा कमजोर
 
ओजेम्सले पुणेमा भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालको रक्षापंक्तिले उच्च प्रदर्शन गरेको बताए। 'एउटा खेलाडीले अर्कोलाई निकै साथ दिएर खेले। उनीहरुमा दृढता र जुझारुपन देखिन्थ्यो,' मासिक ७ हजार डलरमा एन्फासँग सम्झौता गरेका उनले खेलको स्मरण गर्दै भने, 'आक्रमणमा कमजोर देखियो। नेपाली खेलाडी शारिरिक रुपमा जब्बर छैनन्। प्राविधिक रुपमा भने उत्कृष्ट छन्। तर भारतसँग अनावस्यक लामो पास खेले। त्यसैले छोटो पासमा केन्द्रित हुनु पर्ने देख्छु। प्राविधिक रुपमा खेले विपक्षीलाई दुःख दिने सम्भावना रहन्छ।'
 
भारतको प्रदर्शनमा भने उनले खिन्नता व्यक्त गरे। 'भारत त्यति ठूलो देश भएर पनि नेपाललाई हराउन सकेन। उनीहरुसँग राम्रा खेलाडी नभएका होइनन्। तर पनि धेरै ठाँउमा सुधार गर्नुपर्ने देख्छु,' उनले भने, 'उनीहरुभन्दा प्राविधिक रुपमा नेपाल धेरै माथि छ। भारतको फुटबल मलाई चित्त बुझ्दो लागेन।' दक्षिण एसियाका अन्य राष्ट्रको प्रदर्शन पनि छिट्टै हेर्ने उनले योजना सुनाए। 'विश्वकप छनोटमा भूटान र माल्दिभ्सले चीनसँग खेल्दैछन्। चीनमा मेरा साथीहरु छन्। मैले त्यो भिडियो मगाएको छु।'
 
नेपाल यू– १९ उत्कृष्ट
 
प्रशिक्षक ओजेम्सले दस दिनअघि साफ यु–१९ च्याम्प्यिनसिप जितेको नेपाली टोलीको पनि प्रशंसा गरे। 'युवा टोली राम्रो छ। त्यसमा निकै प्रभावशाली खेलाडी छन्। राष्ट्रिय टोलीमा नरहेका खेलाडीले पनि साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरे,' नेपाल र भारतको युवा टोलीको फाइनल हरेका उनले भने, 'राष्ट्रिय टोली नै युवा छ। तर हामीले निरन्तर यु–१९का खेलाडीलाई पनि हेर्नुपर्छ। यसलाई निरन्तरता दिन सक्यौं भने नेपाललाई भविष्यमा फाइदा पुग्न सक्छ।'
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: जित्ने दाबी झुठो हुन्छ– ओजेम्स
जित्ने दाबी झुठो हुन्छ– ओजेम्स
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhE7VF1VjXxpGhbbMvbpNVoLCbcLaIPggUik87K014OJxb8HIJuUH5YciEkc1kogCT5hbCY056JflLbogrKyFQ9_XLpFpcr5VNLNjLSuzEfpDZDtfTeANrJ9XcytgHzKnB-482uKbhqfBM/s640/wojems.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhE7VF1VjXxpGhbbMvbpNVoLCbcLaIPggUik87K014OJxb8HIJuUH5YciEkc1kogCT5hbCY056JflLbogrKyFQ9_XLpFpcr5VNLNjLSuzEfpDZDtfTeANrJ9XcytgHzKnB-482uKbhqfBM/s72-c/wojems.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_25.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_25.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago