Archive Pages Design$type=blogging

.
Kheladi

एशियन भारोत्तोलनमा देवी, गगन र पुकारको राट्रिय कीर्तिमान

२५ भदौ, काठमाडौं - थाइल्यान्डको फुकेटमा शुक्रबार सम्पन्न ४५ औं पुरुष र २६ औं महिला एसियाली भारोत्तोलन च्याम्पियनसिपमा तीन नेपाली खेलाडील...

२५ भदौ, काठमाडौं - थाइल्यान्डको फुकेटमा शुक्रबार सम्पन्न ४५ औं पुरुष र २६ औं महिला एसियाली भारोत्तोलन च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले पाँच राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
 
तारादेवी पुनले महिलाको ७५ केजीमाथि स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन कीर्तिमान बनाइन् । उनले स्न्याचमा स्न्याच ७१ केजी, क्लिन एन्ड जर्कमा ९५ केजी गरी कुल १ सय ६६ केजी उठाएर आफ्नै कीर्तिमान तोडेकी हुन् । उनले चैत, २०७१ मा सातदोबाटोमा भएको चौथो ग्राँ प्रि भरोत्तोलनमा बनाएकी कीर्तिमानलाई स्न्याचमा ३, क्लिन एन्ड जर्कमा १ गरी कुल ४ केजी बढी भार उठाउँदै फुकेटमा सुधार गरेकी हुन् ।
 
ताराले झन्ट कटवाल बिदेशिएपछि सबभन्दा बलियी नेपाली महिलाको पहिचान बनाएकी छिन् । उनले प्रत्येक प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउँदै आएकी छिन् ।
 
पुरुषतर्फ गगनसिंह ओली र पुकार गुरुङले पनि एक–एक कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका सचिव सञ्जय महर्जनले जानकारी दिए ।
 
गगनसिंहले १ सय ५ केजी स्पर्धामा स्न्याचतर्फ १ सय १३ केजी उचाल्दै १६ वर्ष पुरानो मदन शिवभक्तिको कीर्तिमान भंग गरेका हुन् । मदनले सन् १९९९ मा काठमाडौंमा आयोजित आठौं दक्षिण एसियाली खेलकुदमा १ सय १२ केजी उठाएका थिए । गगनसिंहले क्लिन एन्ड जर्क र कुल तौलमा मदनका कीर्तिमान भने तोड्न सकेनन् । उनले क्लिन एन्ड जर्कमा १ सय ३७ केजीसहित कुल २ सय ५० केजी चार उठाए ।
 
त्यस्तै, पुकारले १ सय ५ केजीमाथि १ सय २३ केजी उठाएर राष्ट्रिय कीतिृमान बनाएका हुन् । उनले ११ वर्षअघि इस्लामावादमा भएको नवौं दक्षिण एसियाली खेलकुदमा गोपालबहादुर श्रेष्ठले १ सय २२ केजी उचाल्दै बनाएको कीर्तिमान तोडेका हुन् । उनले क्लिन एन्ड जर्क र कुलको कीर्तिमान भने आफ्नो बनाउन सकेनन् । उनले क्लिन एन्ड जर्कमा १ सय ४२ केजीसहित कुल २ सय ६५ केजी भार उठाए ।
 
यसपल्टको एसियाली भारोत्तोलनमा सहभागी ६ खेलाडीमध्ये यसअघि बिहीबार पुरुषको ९४ केजीमा दिनेश श्रेष्ठले पनि कीर्तिमान बनाएका थिए । उनले स्न्याचतर्फ १ सय १५ केजी उचाल्दै आफ्नै नाममा रहेको कीर्तिमानमा २ केजीले सुधार गरेका थिए ।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: एशियन भारोत्तोलनमा देवी, गगन र पुकारको राट्रिय कीर्तिमान
एशियन भारोत्तोलनमा देवी, गगन र पुकारको राट्रिय कीर्तिमान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiLm3iC_DYUj2v42hGZztWJbUps1Mf62c_ux7nUoHrCeyOANL1Cs5uQ99uwr-Az7iJFRB7cXjgFuLt5cCyD94RxTXX17QwrJZEtxWlMtyk68pI-Oe69D1ky8rtU1Awqp-nQvxngLokB4lM/s640/Tara-Pun.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiLm3iC_DYUj2v42hGZztWJbUps1Mf62c_ux7nUoHrCeyOANL1Cs5uQ99uwr-Az7iJFRB7cXjgFuLt5cCyD94RxTXX17QwrJZEtxWlMtyk68pI-Oe69D1ky8rtU1Awqp-nQvxngLokB4lM/s72-c/Tara-Pun.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_26.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_26.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago