१९ भदौ, एजेन्सी - विश्वकप फुटबलको उपविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बोलिभियामाथि ७–० को फराकिलो जित हासिल गरेक...
१९ भदौ, एजेन्सी - विश्वकप फुटबलको उपविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बोलिभियामाथि ७–० को फराकिलो जित हासिल गरेको छ ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउनेक्रममा प्लेमेकर लिओनल मेसीले दुई गोल गरे । यसैगरी, सर्जिओ अगुएरो र लाभेजीले पनि समान दुई गोल गरे ।
मैत्रीपूर्ण अन्य खेलमा फ्रान्स, अमेरिका, होन्डुरस र उरुग्वे पनि विजयी भएका छन् ।
फ्रान्सले पोर्चुगललाई १–० ले, अमेरिकाले पेरुलाई २–१ ले, होन्डुरसले भेनेजुएलालाई ३–० ले तथा उरुग्वेले पानामालाई १–० ले हरायो । मेक्सिको र ट्रिनिडाड एन्ड टोबागोले ३–३ गोलको बराबरी खेलेका छन् ।

