Archive Pages Design$type=blogging

.
Kheladi

टोटेनहमको पहिलो जित

२८ भदौ, एएफपी - रायन मासोनले गोल गरेपछि स्ट्रेचरमा रहँदै मैदान छाडेको खेलमा टोटेनहमले सन्डरल्यान्डलाई १–० ले पन्छाउँदै आइतबार यो सिज...

इस्पनयोल विरुद्ध रोनाल्डोको ५ गोल
२८ भदौ, एएफपी - रायन मासोनले गोल गरेपछि स्ट्रेचरमा रहँदै मैदान छाडेको खेलमा टोटेनहमले सन्डरल्यान्डलाई १–० ले पन्छाउँदै आइतबार यो सिजनको प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।
 
स्टेडियम अफ लाइटमा भएको खेलमा सन्डरल्यान्ड हावी थियो। टोटेनहमका पूर्वखेलाडी जेरमाइन डेफोले बल पोस्टमा हाने। तर, सब्स्टिच्युट एरिक लामेलाले उपलब्ध गराएको बललाई मासोनले ८२ औं मिनेटमा गोलमा परिणत गर्दै टोटेनहमलाई जित दिलाए। त्यसपछि घुँडामा चोट बोक्दै मासोनले मैदान छाडेका थिए।

यसअघि शनिबारको खेलमा म्यानचेस्टर युनाइटेडले ओल्ड ट्रायफोर्डमा लिभरपुललाई ३–१ ले हरायो। म्यानचेस्टरका लागि डेल ब्लाइन्ड, एन्ड्रे हेरेरा र एन्थोनी मार्सेलले गोल गरे। लिभरपुलका तर्फबाट क्रिस्टियन बेन्टेकेले गोल फर्काए। अन्य खेलमा आर्सनलले स्टोकलाई २–०, म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई १–०, नरविचले बर्नमाउथलाई ३–१ र वाटफोर्डले स्वान्सीलाई १–० ले हराए।

स्पेन

म्याड्रिड– दोस्रो पुत्रलाभको खुसियाली मनाउने क्रममा लियोनल मेसीले बेन्चबाट आउँदै निर्णायक गोल गरेपछि स्पेनी लिगमा बार्सिलोनाले शनिबार राति एटलेटिको म्याड्रिडमाथि २–१ को महत्त्वपूर्ण जित निकाल्यो। रियल म्याड्रिड बार्सिलोना पछाडि दुई अंकको दूरीमा रहेको छ। रियलले यसअघि इस्पनयोललाई ६–० ले पराजित गरेको थियो।

त्यसमा क्रिस्टियानो रोनाल्डोले पाँच गोल गरे र क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। शुक्रबार छोरोको जन्म अवसरमा उपस्थिति हुन अभ्यास सत्र छाडेका खेल सकिन ११ मिनेट अगाडि गोल गरे। यसअघि फर्नान्डो टोरेसको गोलले अगाडि रहेको एट्लेटिकोविरुद्ध नेयमरले बराबरी गोल फर्काएका थिए।

इटाली

मिलान– पउलो डेबालाले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि युभेन्ट्सले शनिबार इटालीको सिरी ‘ए’ मा किएभोलाई १–१ को बराबरीमा रोक्यो। तर डिफेन्डिङ च्याम्पियन उपाधिको होडमा रहेको अर्को क्लब एएस रोमासँग छ अंकले पछाडि परिसकेको छ।

अब युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्नेछ। लिगमा अहिलेसम्मकै सर्वाधिक खराब सुरुआत लिएको युभेन्ट्स सुरुआती दुई खेलमा युडिनेजी र एएस रोमासँग पराजित रहेको थियो। यसअघि रोमाले फ्रोसिनोनेलाई संघर्षपूर्ण खेलमा २–० ले हराएको थियो।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: टोटेनहमको पहिलो जित
टोटेनहमको पहिलो जित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgni0bXHUzRfT-R6zE9DM20RG74J2NcU8IfncA0CuM-Cru3mVa65feiOtSLUCppAe04JI2lxYqHdkYwhBgfSaC21LzMO36RS1yVdParY7G-9sGizYG86axF3pll7kpuwf1Lp0vgpdznONI/s640/ronaldo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgni0bXHUzRfT-R6zE9DM20RG74J2NcU8IfncA0CuM-Cru3mVa65feiOtSLUCppAe04JI2lxYqHdkYwhBgfSaC21LzMO36RS1yVdParY7G-9sGizYG86axF3pll7kpuwf1Lp0vgpdznONI/s72-c/ronaldo.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_28.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_28.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago