Archive Pages Design$type=blogging

.
Kheladi

एएफसी यू–१६ छनोट: युवा फुटबल टिमको ठूलो लक्ष्य

२६ भदौ, काठमाडौं - युवा टिमका लागि लक्ष्य पहाड जस्तै विशाल छ । तर बुधबारदेखि किर्गिस्तानमा सुरु हुने एएफसी यू–१६ छनोट चरण पार गर्ने नेपा...

२६ भदौ, काठमाडौं - युवा टिमका लागि लक्ष्य पहाड जस्तै विशाल छ । तर बुधबारदेखि किर्गिस्तानमा सुरु हुने एएफसी यू–१६ छनोट चरण पार गर्ने नेपालको लक्ष्य छ । लगातार दोस्रोपटक एएफसी यू–१६ च्याम्पियनसिप खेल्दै उमेर समूहमा फेरि आफ्नो प्रभाव देखाउने प्रयासमा छ नेपाल ।
 
२ वर्षअघि नेपालले विमल घर्तीमगरको कप्तानीमा काठमाडौंमा भएको छनोट चरण पार गरेको थियो र गत वर्ष थाइल्यान्डमा च्याम्पियनसिपमा खेलेको थियो । वर्तमान यू–१६ टिम अहिले त्यसैलाई निरन्तरता दिने प्रयासमा छ । तर नेपालका लागि चुनौती सजिलो छैन । यसअघि तीन पटक छनोट पार गर्दा नेपालले सबै घरेलु मैदानमा खेलेको थियो ।

यसको मतलब वर्तमान नेपाली टिमसँग पहिलोपटक विदेशी भूमिमा एएफसी यू–१६ छनोट चरण पार गर्नुपर्ने चुनौती छ । किर्गिस्तानमा नेपालले घरेलु टोलीसँगै जोर्डन र ओमानसँग खेल्नेछ । सन् २०११ मा ओमानले यसै प्रतियोगिताको छनोट चरणमा नेपाललाई २–० ले पराजित गरेको थियो । अन्य दुई टिम नेपालका लागि नयाँ जस्तै छन् ।

नेपालका प्रशिक्षक उपेन्द्रमान सिंह उमेर समूहको प्रतियोगिता भएकाले यस्ता तथ्यमा खासै ध्यान दिंदैनन् । ‘हाम्रा लागि चुनौती सजिलो पनि छ, गाह्रो पनि छ । उमेर समूहमा हामी पनि राम्रो छौं, त्यो सकारात्मक पक्ष हो,’ नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सिंहले भने, ‘गाह्रो भनेका सबै टिम बराबर हुन्छन् ।’ सिंह र राजेश मानन्धर मिलेर नेपाली यू–१६ टिम सम्हालिरहेका छन् । मुख्य प्रशिक्षकको भूमिकामा सिंहले यही यू–१६ टिमदेखि हेर्न लागेका हुन् । उनकै प्रशिक्षणमा नेपाली यू–१६ टिम एक वर्षदेखि फक्रिरहेको छ । ‘हामी एक वर्षदेखि नियमित जस्तो प्रशिक्षण गरिरहेका छौं, मुख्य विशेषता भनेको यही हो । अभ्यास पनि राम्रो भइरहेको छ,’ उनले भने ।

मनाङ–मस्र्याङदी क्लब, नेपाल एपीएफ क्लब र आर्मीका गणहरूसँग अभ्यास खेल खेलेर नेपालले किर्गिस्तानको तयारी गरेको थियो । नतिजा आफू अनुकूल नआए पनि सिंह यसलाई राम्रो तयारी मान्छन् । यसैलाई आधार बनाएर उनी नेपाललाई छनोट गराउने आधार बनाउँछन् । गत महिना नेपालले बंगलादेशमा साफ यू–१६ च्याम्पियनसिपमा खेलेको थियो । समूह चरणमा माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई १–० ले पराजित गरेको थियो । सेमिफाइनलमा नेपाल भने पुरानै प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको थियो ।

सिंह साफ यू–१६ च्याम्पियनसिपले नै नेपाली खेलाडीलाई ‘एक्सपोज’ गराएको मान्छन् । २०१३ मा काठमाडौंमा नेपाल छनोट हुँदा ८ गोल गरेको थियो । ‘फ्रि स्कोरिङ’ छनोट चरणमा विमल एक्लैले चार गोल गरेका थिए । साफ च्याम्पियनसिमा स्ट्राइकर प्रेजेन तामाङले २ गोल गरे पनि नेपाली टिममा स्ट्राइकरकै कमी देखिएको छ । तर सिंह भन्छन्, ‘हाम्रो समस्या अलिकति रक्षापंक्तिमै छ ।’
 
नेपाली टिम:
गोलरक्षक : अर्पण कार्की, सन्देश गुरुङ, उज्ज्वल लिम्बू
रक्षापंक्ति : रोमन लिम्बू, लक्ष्मण परियार, पवन कार्की, अनोस मगर, सुमन अर्याल,
                  आशिष केसी, असिम भुसाल, अभिषेक बर्मा
मध्यपंक्ति : अभिषेक रिजाल, मनीष कार्की (कप्तान), सेसेहाङ आङदम्बे, अनिल महर्जन, अशोक थापा, जय गुरुङ
अग्रपंक्ति : राजीव लोप्चान, रेजिन सुब्बा, दिनेश हेन्जन, प्रेजेन तामाङ, राजेश परियार, क्षितिजराज जीटी
अफिसियल : उपेन्द्रमान सिंह (मुख्य प्रशिक्षक), राजेश मानन्धर (प्रशिक्षक), मधुसूदन उपाध्याय (व्यवस्थापक) ।
 
नेपालका खेलहरू
भदौ ३०– विरुद्ध जोर्डन
असोज १ विरुद्ध किर्गिस्तान
असोज ३ विरुद्ध ओमन
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: एएफसी यू–१६ छनोट: युवा फुटबल टिमको ठूलो लक्ष्य
एएफसी यू–१६ छनोट: युवा फुटबल टिमको ठूलो लक्ष्य
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5wCjrHua2_IejtA4Ut9KJ_y7ZRZwZUtrITdJbJMJLM_U1ivjev7hyphenhyphen6Hbbfj2fswjYPtIyxxMVthFE9Y57YQTqRxjndG6HPcBzxp2SDHsiXGOBjAypr-0hHx5RbNIgO6SrPszd0Qu5gHQ/s640/india-under-16.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5wCjrHua2_IejtA4Ut9KJ_y7ZRZwZUtrITdJbJMJLM_U1ivjev7hyphenhyphen6Hbbfj2fswjYPtIyxxMVthFE9Y57YQTqRxjndG6HPcBzxp2SDHsiXGOBjAypr-0hHx5RbNIgO6SrPszd0Qu5gHQ/s72-c/india-under-16.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_29.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_29.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago