२७ भदौ, चितवन - स्वर्गीय सुनील श्रेष्ठ स्मृति नारायणी अञ्चल स्तरीय कराँते प्रतियोगितामा १४ स्वर्ण पदकसहित चितवन जिल्ला पहिलो भएको छ । ...
२७ भदौ, चितवन - स्वर्गीय सुनील श्रेष्ठ स्मृति नारायणी अञ्चल स्तरीय कराँते प्रतियोगितामा १४ स्वर्ण पदकसहित चितवन जिल्ला पहिलो भएको छ ।
२० स्वर्ण पदकका लागि भएको प्रतियोगितामा चितवनले महिला र पुरुषका अधिकांश इभेन्टमा आफ्नो वर्चस्व कायम गरेको हो ।
३ स्वर्ण जित्दै मकवानपुर दोस्रो र २ स्वर्ण जित्दै रौतहट तेस्रो भएका छन् भने बाराले एउटा स्वर्ण जित्दा पर्सा स्वर्ण पदकविहीन बन्यो ।
उपाधिसहित चितवनले २५ हजार ५ सय २५ रुपैयाँ, मकवानपुरले १५ हजार ५ सय २५ र रौतहटले १० हजार ५ सय २५ रुपैयाँ नगद पुरस्कार हात पारे । यस्तै, चितवनका अभिषेक थिङ र मकवानपुरकी सुष्मा गुरुङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै, प्रतियोगिता भर अनुशासित रुप्मा खेलेको भन्दै रौतहटलाई ‘बेस्ट डिसिप्लिन’ टिम अवार्ड प्रदान गरियो । विजयी टिम तथा खेलाडीलाई नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङ तथा स्व.सुनील श्रेष्ठका परिवारले पुरस्कार प्रदान गरेका थिए ।

