२६ भदौ, काठमाडौं - गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु-१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार लगनखेलस्थित आर्म...
२६ भदौ, काठमाडौं - गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु-१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४-४९ ले पराजित गर्यो । विजयी टिमका लागि खुखेन लामाले १८ अंक जोडे । उनी ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।
मोर्गन इन्टरनेसनल कलेजले प्राइम कलेजलाई ४९-३१ ले हराउदै तेश्रो भयो । मोर्गनका डेन्जु गुरुङले १५ स्कोर गरे । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार जिते ।
प्रतियोगिता अवधिभर १ सय ९ स्कोर गरेका लिभरपुलका आशिष बस्नेत सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले पुरस्कार प्रदान गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगितामा १६ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

