Archive Pages Design$type=blogging

.
Kheladi

अमेरिका उड्दै मनिता

१७ भदौ, काठमाडौं- एसियाली पदक विजेता तेक्वान्दोकी मनिता शाही प्रशिक्षण लिन र दिनका लागि शुक्रबार अमेरिका जाने भएकी छन्। राष्ट्रिय खेलकुद प...

१७ भदौ, काठमाडौं- एसियाली पदक विजेता तेक्वान्दोकी मनिता शाही प्रशिक्षण लिन र दिनका लागि शुक्रबार अमेरिका जाने भएकी छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वतेक्वान्दो प्रशिक्षक कुमार कार्कीको पहलमा उनको अमेरिका भ्रमण तय भएको हो।
 
एकवर्षे भिसामा जान लागेकी नेपाल पुलिस क्लबकी खेलाडी मनिताले तेक्वान्दोमा पछिल्लो समय विकसित नयाँ टेक्निक सिक्ने लक्ष्यसाथ अमेरिका जान लागेको बताइन्।
 
उनले बाल्टिमोरको तेक्वान्दो एकेडेमीमा प्रशिक्षण पनि दिनेछिन्। 'कुमार दाइले एकेडेमी खोल्नुभएको छ। त्यहाँ दुई साता प्रशिक्षण दिनेछु। आफ्नो अनुभव नयाँ खेलाडीलाई सिकाउन पाउनु मेरो लागि अवसर हो। म पहिलोपल्ट प्रशिक्षण दिँदैछु,' मनिताले भनिन्, 'त्यसपछि उहाँले मिलाइदिनुभएको अर्को डोजाङमा दुई साता प्रशिक्षण लिनेछु। प्रशिक्षणका सबै विषयमा त्यही गएपछि अझै बढी थाहा हुनेछ।'
 
त्यहाँ रहेका कोरियनहरू डोजाङमा आफूलाई निखार्ने उनको चाहना छ। उनले भनिन्, 'जहाँ पुगेपछि तेक्वान्दोबाट अलग हुन्न। त्यहाँ रहेका कोरियन डोजाङहरूमा जतिसक्दो आफ्नो खेललाई निखार्ने प्रयास गर्नेछु। त्यहाँ राम्रो हुने भयो भने केही समय बस्न सक्छु। सोचेजस्तो भएन भने तीन महिनामै फर्कन्छु।'
 
दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र रजत पदकधारी मनिता अझै आफ्नो खेल्ने धोको पूरा भइनसकेको बताउँछिन्।
 
'एउटा खेलाडीलाई खेल्न रहर कहिल्यै पूरा हुँदैन। तर, सबैले एउटा समयसम्म मात्र खेल्ने हो,' प्रहरी सहायक निरीक्षक उनले भनिन्, 'एकपटक अझै साग खेल्ने र स्वर्ण पदक जित्ने सपना छ।'
 
मनिताले फेब्रुअरीमा भारतमा हुने भनिएको १२ औं साग खेल्न चाहेको बताएकी छन्। 'झन्डै १५ वर्षदेखि म तेक्वान्दो खेलाडीका रूपमा सक्रिय छु। अहिलेसम्म यात्रालाई हेर्दा सन्तुष्ट नै छु,' उनले योजना सुनाइन्, 'अझै आफ्नो खेलमा निखार ल्याएर सागमा स्वर्ण जित्ने धोको छ।'
 
सविता राजभण्डारी, संगीना वैद्य जस्ता सफल खेलाडीको पुस्तापछि मनिता र आयशा शाक्य तेक्वान्दोका सफल महिला खेलाडी हुन्। मनिता र आयशा दुवैले सन् २००६ को बुसान एसियाडमा कांस्य पदक जितेका थिए। त्यही वर्ष सागमा स्वर्ण जितेकी मनिताले पछिल्लो साग (सन् २०११) मा रजत जितेकी थिइन्।
 
उनले अहिल्यै संन्यासबारे नसोचेको बताइन्। 'संन्यास खेलाडीलाई त्यति प्रिय शब्द होइन। मलाई पनि प्रिय लाग्दैन। तर, एक दिन संन्यास लिनैपर्छ,' ३२ वर्षीया उनको दृढता छ,' खेलजीवनलाई उच्चतम सफलतासाथ अन्त्य गर्ने इच्छा छ। त्यसका लागि साग एउटा राम्रो अवसर हो। सागमा स्वर्ण जितेर बिदा लिन पाए आफूलाई पनि सफल भएको अनुभव हुन्थ्यो।'
 
उनले साग खेल्ने मौका मिलेन वा असफल भएको खण्डमा भने अर्को वर्ष संन्यास लिनसक्नेसंकेत गरिन्। 'सोचेजस्तो भएन। साग खेल्न पाइएन भने सधँै खेलाडीको रूपमा बस्न पनि गाह्रो हुन्छ,' उनले भनिन्, 'त्यस्तो भयो भने एक वर्षपछि नेपाल फर्केर संन्यास घोषणा गर्छु होला।'
 
२०५४ सालमा तेक्वान्दोमा प्रवेश गरेकी मनिता झन्डै डेढ वर्ष खेलबाट हराइन्। २०५७ मा पुनः तेक्वान्दोमा फर्केपछि उनी निरन्तर खेलाडीका रूपमा सक्रिय छिन्। ११ वर्षअघि पुलिससँग आबद्ध उनी अहिले पनि तेक्वान्दोको राष्ट्रिय टोलीकी सदस्य हुन्।
 
काठमाडौंको असनमा जन्मेकी मनिता परिवारसाथ अहिले डल्लुमा बस्छिन्। बाबु राजभाइ र आमा प्रेमशोभाका पाँच (४ छोरी, १ छोरा) मध्ये उनी साहिँली हुन्। पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी उनी देशभित्रका प्रतियोगितामा अधिकांशमा विजेता रहँदै आएकी छन्। अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा पनि उनले कहिल्यै निराश हुनुपरेको छैन। सबै प्रतियोगितामा कुनै न कुनै पदक जितेकी छिन्। तर, अघिल्लो वर्ष इन्चोन एसियाडबाट भने उनी खाली हात फर्कनुपरेको थियो।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: अमेरिका उड्दै मनिता
अमेरिका उड्दै मनिता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_yqnHUYzZum4W_7TnCHEhvSa4qGJ6y25nAKR9mhmmTXbLlig0-ryk_14udEuKIFjEK1ZsuhLEn25uMgLTK4iN2zTKUuvY1EwKSpJMdZRwl1tp0jHJ7l4OXPAgD6wNJvMs-S-fCV1tUCU/s640/manita+shahi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_yqnHUYzZum4W_7TnCHEhvSa4qGJ6y25nAKR9mhmmTXbLlig0-ryk_14udEuKIFjEK1ZsuhLEn25uMgLTK4iN2zTKUuvY1EwKSpJMdZRwl1tp0jHJ7l4OXPAgD6wNJvMs-S-fCV1tUCU/s72-c/manita+shahi.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_41.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_41.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago