२० भदौ, काठमाडौं - स्लोभाकियालाई पराजित गर्दै स्पेन युरो कप छनोटमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा स्प...
२० भदौ, काठमाडौं - स्लोभाकियालाई पराजित गर्दै स्पेन युरो कप छनोटमा समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा स्पेनले स्लोभाकियालाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै स्लोभाकिया समान १८ अंक जोडेको स्पेन गोल अन्तरका आधारमा समूह सीको शीर्ष स्थानमा छ भने स्लोभाकिया दोस्रो स्थानमा छ ।
खेलमा स्पेनले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो । डेभिड सिल्भाको पासमा नै अल्बाले गोल गरेका हुन् ।३० औं मिनेटमा पाएको डिएगो कोष्टालाई फल गरेपछि स्पेनले पेनाल्टी पायो । जसमा आन्द्रे इनिष्टाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
अर्को खेलमा युक्रेनले बेलारुसलाई ३–१ ले हराएको छ । १५ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

