Archive Pages Design$type=blogging

.
Kheladi

जोकोभिच २६ औ पटक क्वार्टरफाइनलमा

२२ भदौ,  एएफपी न्युयोर्क - विश्‍व नम्बर एक टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिच यूएस ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेका छन्। आइतबार र...

२२ भदौ,  एएफपी न्युयोर्क - विश्‍व नम्बर एक टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिच यूएस ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेका छन्।

आइतबार राति भएको खेलमा स्पेनका रोबर्टो बाउटिस्टा अगुटलाई हराएर उनी अन्तिम आठमा पुगेका हुन। जोकोभिच ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइलनमा लगातार पुगेको यो २६ औं पटक हो।

सन् २०११ का च्याम्पियन जोकोभिचले बाउटिस्टालाई निकै प्रतिस्पर्धात्मक खेलमा ६-३, ४-६, ६-४, ६-३ ले हराएका थिए। क्वार्टरफाइनलमा जोकोभिचले स्पेनका भेट्रान खेलाडी फेलिसियानो लोपेजको सामना गर्नेछन्।

खेल सकिएपछि प्रतिक्रिया जनाउँदै जोकोभिचले पूर्वकिशोर फुटबलर अगुटले निकै दबाब दिएको स्वीकार गरे। 'उनले मलाई निकै गाह्रो बनाए वास्तवमा यो खेल दमदार थियो', उनले थपे।जोकोभिचले जितेको यो वर्षको ६० औ खेल हो।

क्वार्टरफाइनलमा जोकोभिचका प्रतिद्वन्द्वी लोपेजले अघिल्लो चरणमा राफेल नाडाललाई हराएर सनसनी फैलाएका इटालीका फाबियो फोग्निनीलाई हराए। लोपेजले खेल ५-३,७-६(७५),६-१ ले हराएका थिए।विश्व वरीयतामा १८ औं स्थानमा आसिन रहेका लोपेजसँगको क्वार्टरफाइनल भिडन्तप्रति आफू सचेत रहेको जोकोभिचले जनाए।

यसैगरी साबिक विजेता मारिन सिलिच र विल्फ्रेड सोंगा मंगलबार हुने क्वार्टरफाइनलमा भिड्ने छन्।
 
क्रोएसियाका सिलिचले फ्रान्सका जेमरी चार्डीलाई ६–३, २-६, ७-६ (७÷२), ६-१ ले हराएका थिए।

चोटका बाबजुद सिलिचले प्रतिस्पर्धात्मक खेल जित्न सकेको जनाए। सिलिचले खेलमा २३ वटा एससमेत प्रहार गरेका थिए। उनका क्वार्टरफाइनल प्रतिद्वन्द्वी फ्रान्सका सोंगाले आफ्नै देशका बेनोट पियरेलाई ६-४, ६-३, ६-४ को सोझो सेटमा हराएका थिए।

यसैगरी महिला एकलतर्फ अमेरिकाकी भेनस र सेरेना विलियम्स, फ्रान्सकी क्रिस्टिना माल्डेनोभिच तथा इटालीकी रोबर्टा भिन्सी यूएस ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेका छन्। पहिलो वरीयतामा आसिन सेरेनाले आफ्नै देशकी माडिसन किजलाई ६-३, ६-३ ले हराएकी थिइन्।

२० वर्षीया किजविरुद्धको खेल जित्न सेरेनालाई केवल ६८ मिनेट समय लागेको थियो। उनले अन्तिम आठमा आफ्नै दिदी भेनसको सामना गर्नेछन्। प्रतियोगितामा सहभागी सबैभन्दा पाकी खेलाडी ३५ वर्षीया भेनसले इस्टोनियाकी १९ वर्षीषा किशोरी अनेट कान्टाभेटलाई ६-२, ६-१ ले पाखा लगाएकी थिइन्।

भेनसलाई खेल जित्‍न केवल ५० मिनेट समय लागेको थियो। फ्रान्सकी क्रिस्टिनाले भने रुसकी इकेतेरेना माकारोभालाई हराइन्। क्यानाडाकी युजिनी बाउचर्ड घाइते भएपछि भिन्सी क्वार्टरफाइनलमा पुगिन्।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: जोकोभिच २६ औ पटक क्वार्टरफाइनलमा
जोकोभिच २६ औ पटक क्वार्टरफाइनलमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjLzaGuStah1zPfVjUXEMVH1kMjIkful0GLFt-_2FOOD84T-ln_OlHucXuro90_1Yu6-XFLFeYMhXXO_Gm3aqsaGLDKm3kcSVLWx9LT207uphnQTOzhhGFtW7SrWP3ryVRvWRfFAcJ_sB8/s640/US_Open_Tennis.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjLzaGuStah1zPfVjUXEMVH1kMjIkful0GLFt-_2FOOD84T-ln_OlHucXuro90_1Yu6-XFLFeYMhXXO_Gm3aqsaGLDKm3kcSVLWx9LT207uphnQTOzhhGFtW7SrWP3ryVRvWRfFAcJ_sB8/s72-c/US_Open_Tennis.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_48.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_48.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago