१७ भदौ, काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा श्रेष्ठ १७ मत...
१७ भदौ, काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा श्रेष्ठ १७ मत ल्याएर एनओसीको अध्यक्ष चुनिए। अध्यक्षका अर्का उम्मेदवार उमेश लाल श्रेष्ठले ९ भोट ल्याए।
चारजना उपाध्यक्ष निर्विरोध चयन भएका छन्। धीरेन्द्र प्रधान, पुरेन्द्रविक्रम लाखे, ज्योति राणा र राजेन्द्र वान्तवा उपाध्यक्ष चुनिएका हुन्। महासचिवका लागि तीनजनाको प्रतिष्पर्धा भएकोमा लामा तेन्दी शेर्पा १७ मत ल्याएर महासचिव चयन भए।
महासचिवका प्रतिष्पर्धी छिमी उर्गेन गुरुङले ८ र दीपराज गुरुङले १ भोट ल्याए। सहमहासचिवमा चतुरानन्द वैद्य र राजीव श्रेष्ठले बराबर १३ भोट ल्याएपछि भएको गोलाप्रथाबाट राजीव श्रेष्ठ विजयी भए।
कोषाध्यक्षमा रतनकुमार टन्डनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भए। यस्तै सदस्यमा सञ्जीव तुलाधर, रमेशकुमार श्रेष्ठ, नीलेन्द्रराज श्रेष्ठ, तेजबहादुर गुरुङ, दीपकहर्ष बज्राचार्य, सुनीलकुमार श्रेष्ठ, अशोकरत्न बज्राचार्य, समिम मियाँ अन्सारी र आङ टेन्डी शेर्पा चुनिएका छन्।

