२३ भदौ, काठमाडौं - तेस्रो एक दिवसीय क्रिकेट खेलमा अष्ट्रेलियालाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड ५ खेलको श्रृंखलामा फर्किएको छ । ओल्ड...
२३ भदौ, काठमाडौं - तेस्रो एक दिवसीय क्रिकेट खेलमा अष्ट्रेलियालाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड ५ खेलको श्रृंखलामा फर्किएको छ ।
ओल्ड ट्राफोर्डमा मंगलबार भएको खेलमा इंग्ल्यान्ड ९३ रनले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय रन बनायो ।
इंग्ल्यान्डका लागि जेम्स टेलरले करीयरकै पहिलो शतक बनाए भने जेसन रोयले ६३ तथा इओन मोर्गानले ६२ रनको योगदान दिए ।
जवाफमा ३ सय १ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलिया ४४ ओभरमा २ सय ७ रनमै समेटियो । अष्ट्रेलियाका आरोन फिन्चले ५३ रन तथा म्याथ्यु वाडले ४२ रन जोडे ।
बलिङतर्फ इंग्ल्यान्डका लियाम प्लङ्कीट र मोइन अलीले ३–३ विकेट लिए ।
यो जितसँगै इंग्ल्यान्डले ५ खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा २–१ को पुनरागमन गरेको छ । सुरुआती दुई खेल गुमाएको इंग्ल्यान्डका लागि श्रृंखलामा जीवित रहन यो खेल जित्नैपर्ने बाध्यता थियो ।

