२० भदौ, एजेन्सी लण्डन - वायन रुनीको किर्तिमानसँगै इंग्ल्याण्ड शनिबार युरोकपमा छनोट भएको छ। इंग्ल्याण्डले सान मारियोलाई ६-०को फराक...
२० भदौ, एजेन्सी लण्डन - वायन रुनीको किर्तिमानसँगै इंग्ल्याण्ड शनिबार युरोकपमा छनोट भएको छ।
इंग्ल्याण्डले सान मारियोलाई ६-०को फराकिलो अन्तरले हरायो। यही खेलमा रुनीले इंग्लायण्डका लागि ४९ औं गोल गर्दै आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने बब्बी चार्टलनको किर्तिमानसँग बराबर गरे।
२१ अंक सहित समूह 'इ' को शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड सन् २०१६को युरोकपका लागि छनौट भएको छ। यही समूहमा इस्टोनियाले लिथुआनियालाई १-०ले हरायो। स्वीजरल्याण्डले स्लोभेनियालाई ३-२ले पराजित गर्यो।
स्लोभाकिया विरुद्ध २-०को जित दर्ता गरेको स्पेन पनि समूह 'सी'को शीर्षस्थानमा उक्लिएको छ। समान १८ अंक भएपनि गोल अन्तरका आधारमा स्पेनले शीर्ष स्थान हात पारेको हो। स्पेनका लागि आन्द्रेइ इनिएस्टा र जोर्डी अल्बाले १-१ गोल गरे।
समूह सीमा नै लक्जम्बर्गले मेसेडोनियालाई १-०ले हरायो भने बेलारुस युक्रेनसँग ३-१ले निराश भयो।
समूह 'जि' मा स्वीडेनले रसियासँग १-०को हार व्यहोर्यो। अष्ट्रियाले मोल्डोभालाई १-०ले हराउँदा मोन्टेनग्रोले लेइच्टेन्सटेइन विरुद्ध २-०को जित हात पार्यो। अष्ट्रिया यो समूहको शीर्ष स्थानमा छ।


