Archive Pages Design$type=blogging

.
Kheladi

ब्युँताउँदै महिला फुटबल

२३ भदौ, कास्की - लमजुङकी १६ वर्षीया ननिता गुरुङ गाउँमा हुँदा स्ट्राइकर भएर गाविसस्तरीय थुप्रै फुटबल प्रतियोगितामा खेलिन् । धेरै पटक उनको...

२३ भदौ, कास्की - लमजुङकी १६ वर्षीया ननिता गुरुङ गाउँमा हुँदा स्ट्राइकर भएर गाविसस्तरीय थुप्रै फुटबल प्रतियोगितामा खेलिन् । धेरै पटक उनको टिमले प्रतियोगितामा कप पनि उचालेको हो ।
 
दुई महिनायता उनी गाउँ छाडेर अध्ययनका लागि पोखरा आएकी छन् । टप्स उच्चमाविमा कक्षा ११ मा पढ्दै गरेकी उनी सोमबार एकाबिहानै सोमबार पोखरा रंगशालामा भेटिइन् ।
 
सानैदेखि खेल्दै आएकी उनी यसैमा भविष्य बनाउन विगत तीन महिनादेखि प्रशिक्षणमा व्यस्त छिन् ।

गाउँमा खेल्दा प्रतियोगितामा ३ देखि ५ गोलसम्म हानेकी छु, फुर्तिलो पारामा उनले भनिन्, फुटबलमै केही गरौं भनेर ट्रेनिङ लिन थालेकी हुँ ।
 
रंगशालाको मैदानमा उनी जस्तै फुर्तिला किशोरीहरू यतिबेला पोखराको फुटबललाई ब्युँताउन परिश्रमसाथ प्रशिक्षणमा छन् ।
 
उनीहरूलाई प्रशिक्षणको अवसर पोखरा फुटबल ट्रेनिङ सेन्टरले जुराएको हो । खेलाडी उत्पादनमा कास्की जिल्ला फुटबल संघले पनि सहकार्य गरेको छ । पूर्वराष्ट्रिय तथा अग्रज खेलाडी मिलेर स्थापना गरेको यो संस्थाले उनीहरूलाई नि:शुल्क प्रशिक्षण दिएको छ ।
 
१८ वर्षीया लक्ष्मी गुरुङ फुटबल नियमित खेल्दै आए पनि चाहिनेजस्तो प्रशिक्षण नपाएर खेल करिअर अगाडि बढाउने कि नबढाउने दोधारमा थिइन् ।
 
अहिले नि:शुल्क फुटबल प्रशिक्षणको अवसर पाएपछि भने उनी फुटबललाई नै करिअर बनाउने सोचमा पुगेकी छन् । यसअघि डिफेन्सबाट फुटबल खेल्दै आएकी उनले भनिन्, ‘ट्रेनिङले खेललाई अघि बढाउन सहयोग गर्ने अपेक्षा लिएकी छु ।’ उनले प्रशिक्षणसँगै खेल गतिविधिको अभावले महिला फुटबल अगाडि बढ््न नसकेको गुनासो गरिन् ।
 
उनी सम्मिलित भएको पोखराको टिमले यसअघि काठमाडौंमा भएको कोकाकोला कपमा तेस्रो स्थान हात पारेको थियो । ह्यान्डबलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी १९ वर्षीया सुस्मिता गुरुङ पनि फुटबल प्रशिक्षणमा असिनपसिन भएको अवस्थामा भेटिइन् ।
 
त्यसो त उनी फुटबल र क्रिकेटको पनि राम्रो खेलाडी मानिन्छिन् । स्कुले जीवनमा उनी नै कप्तान बनेर धेरै खेल खेलेको बताइन् । ५ फिट ४ इन्च उचाइकी उनले अब फुटबलमै आफूलाई अभ्यस्त बनाउँदै छिन् । ‘अब फुटबलमै करिअर बनाउने भन्ने लागेको छ,’ उनले भनिन्, ‘राम्रो खेल्न सके महिला फुटबलमा अवसर पाउन सकिन्छ ।’
 
उनको जस्तै लक्ष्य र सम्भावना खोज्दै २२ जना किशोरी दिनहुँ रंगशालामा बलसँगै दौडधुप गरिरहेका छन् । १६ वर्षदेखि माथि र १९ वर्षभन्दा मुनिका किशोरीहरू प्रशिक्षणमा छन् ।
 
५० भन्दा बढी किशोरहरूको भिडमा उनीहरू आफूलाई अब्बल देखाउन लागिपरेको देखिन्छन् । एसएलसी दिएका र प्लस टु पढ्दै गरेका किशोरीहरूले हरेक बिहान अढाई घण्टा कठिन अभ्याससहितको प्रशिक्षण लिइरहेका छन् ।
 
विदेशमा रहेका पूर्वराष्ट्रिय खेलाडीहरूले प्रशिक्षण लिइरहेका उनीहरूलाई बल र जर्सीलगायत सामग्री सहयोग गरिरहेका छन् । ‘महिला फुटबलको अवस्था पछि पर्दै गएकाले सबै खेलप्रेमीमा चिन्ता थपियो,’ प्रशिक्षण केन्द्रका प्रमुख तथा फुटबल प्रशिक्षक शम्भु केसीले भने, ‘महिलाहरूको फुटबललाई ब्युँताउन जरुरी देखेर नि:शुल्क रूपमा प्रशिक्षण दिन थालिएको हो ।’

फुटबलमा नयाँ पुस्ता हराउँदै गएकाले पनि चार वर्षदेखि नयाँ पुस्ताका खेलाडीलाई प्रशिक्षण दिँदै आएको उनले बताए । किशोरीहरूलाई भने यसै वर्षदेखि प्रशिक्षण दिन थालिएको उनले बताए ।
 
उनले भने, ‘केटाहरूलाई तालिम दिन थालेको चार वर्ष भयो ।’ खेलकुद विकास समितिमा २० वर्ष फुटबल प्रशिक्षकका रूपमा रहेर भर्खरै अवकाश लिएका केसीले नेपालका चर्चित फुटबलर अनिल गुरुङ, विजय गुरुङ, शिव श्रेष्ठ, वसन्त, विशन गौचन र सुविन्द्र श्रेष्ठलगायतलाई पनि पोखरामा प्रशिक्षण दिएका थिए । उनले भने, ‘पोखरामा २०४२ सालसम्म महिला फुटबलको राम्रो सम्भावना थियो ।’
 
२०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा पोखराको टिम दोस्रो भएको थियो ।
 
त्यस्तै २०४२ सालमा हङकङमा आमन्त्रण फुटबल खेल्न गएको नेपाली महिला राष्ट्रिय टिममा समेत पोखराका ६ खेलाडी सहभागी भएको केसी सम्झन्छन् ।
 
त्यसपछि भने महिला फुटबल गतिविधि र खेलाडी उत्पादन ठप्पै भयो । अहिले वर्षौंपछि खेल ब्युँताउन खेलाडीहरू लागिपरेका छन् ।
 
महिला फुटबल खेलको विकास गर्न आगामी असोज ३ देखि एक साता पोखरामै नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगितासमेत आयोजना हुँदै छ । प्रतियोगितामा कास्की महिला टिमले सहभागिता जनाउने भएको छ ।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: ब्युँताउँदै महिला फुटबल
ब्युँताउँदै महिला फुटबल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgE98eBGFFetf2bCv-J0XymBD6Uk8LRTU1i0OlmKSSyFt5tpRdAIklghnVVO1q023Jjn1Ol-WOhzXbpm5eA2PrfqdiuHL8P4LhtqYAywK1ObFFFzLr9GpjyY54qaqsbJ2tbkrciZfwGreM/s640/football-traning-lady.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgE98eBGFFetf2bCv-J0XymBD6Uk8LRTU1i0OlmKSSyFt5tpRdAIklghnVVO1q023Jjn1Ol-WOhzXbpm5eA2PrfqdiuHL8P4LhtqYAywK1ObFFFzLr9GpjyY54qaqsbJ2tbkrciZfwGreM/s72-c/football-traning-lady.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_59.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_59.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago