२७ भदौ, एजेन्सी, स्पेन -लियोनल मेसीले अन्तिम समयतिर गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा पुर्याएका छन् । मेसीको टोलीले गएरा...
२७ भदौ, एजेन्सी, स्पेन -लियोनल मेसीले अन्तिम समयतिर गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा पुर्याएका छन् । मेसीको टोलीले गएराति भएको खेलमा एट्लेटिको मेड्रिडविरुद्ध २–१ को जित हात पार्यो । बार्साको लागि नेयमर र मेसीले गोल गरेका थिए ।
लि लिगाले बार्सिलोनाले खेलेको पहिलो दुई खेलमा मेसीले गोल गरेका थिएनन् । दोस्रो छोरा जन्मिएका कारण शुक्रबारको प्रशिक्षण छुटाएका मेसी गएरातिको खेलमा प्लेइङ ११ मा थिएनन् ।
दोस्रो हाफको ५१ औं मिनेटमा एट्लेटिकोले बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । उसको लागि टोरेसले गोल गरे । तर, एट्लेटिकोको खुशी धेरै बेर टिक्न पाएन जब नेयमरले फ्रिकिकमार्फत बार्सिलोनाको लागि गोल गरे ।
६० औं मिनेटमा मैदान प्रवेश गरेका मेसीले ७७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गराए । यो गोल मेसीको ला लिगामा २८७ औं हो ।

