३० भदौ, एएफपी - च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा म्यानचेष्टर सिटी घरेलु मैदानमै पराजित भएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसल...
३० भदौ, एएफपी - च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा म्यानचेष्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टसले सिटीललाई २-१ गोल अन्तरले पराजित गरेको हो । इत्तेहाद स्टेडियममा भएको खेलमा तीन गोल दोस्रो हाफमा भएको थियो भने तीनै गोल युभेन्टसका खेलाडीले गरे ।
च्याम्पियन्स लिगको गत सिजनको उपविजेता युभेन्टस यो सिजन इटालियन सिरिएमा खराव लयमा छ । तर, पि्रमियर लिगमा लगातार पाँच खेल जितेको सिटीविरुद्ध युभेन्टसले राम्रो फुटबल खेल्यो ।
खेलको ५० औं मिनेटमा चेलिनीले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । तर, उपहार गोलबाट लिएको अग्रता पनि घरेलु टोलीले जोगाउन सकेन ।
७० औै मिनेटमा मारियो मान्जुकिजले बराबरी गोल फर्काए । ८१ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

