१७ भदौ, भैरहवा - १९ बर्ष मुनिको (यु–१९) साफ च्याम्पियनमा सहभागि पांचजना खेलाडीलाई आज भैरहवामा भव्य स्वागत गरिएको छ । गत शनिबार काठमाण्डौ...
१७ भदौ, भैरहवा - १९ बर्ष मुनिको (यु–१९) साफ च्याम्पियनमा सहभागि पांचजना खेलाडीलाई आज भैरहवामा भव्य स्वागत गरिएको छ । गत शनिबार काठमाण्डौको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स्को मैदानमा आयोजना भएको च्याम्पियनसिपको फाईनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाइ हराउदै उपाधि हात पारेका नेपाली खेलाडीहरु मध्ये यस क्षेत्रका पाँच जना खेलाडीहरुलाई आज विहान गौतमबुद्ध बिमानस्थल भैरहवामा स्वागत गरिएको हो ।
प्रतियोगितामा रुपन्देही जिल्लाका सुदन थापा, गौरब बुढाथोकी, दोर्ण थापा, र सोजित गुरुङ गरी ४ जना र पाल्पा जिल्लाका १ जना जनममान लिगल गरी यस क्षेत्रबाट ५ जना सहभागि थिए ।
उनीहरुलाई रुपन्देहीको पडसरीमा अवस्थित नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारले फुलमाला र अविर लगाई स्वागत गरेको क्लवका मानार्थ सदस्य भीष्म के.सीले जानकारी दिए।
प्रतियोगितामा रुपन्देही जिल्लाका सुदन थापा, गौरब बुढाथोकी, दोर्ण थापा, र सोजित गुरुङ गरी ४ जना र पाल्पा जिल्लाका १ जना जनममान लिगल गरी यस क्षेत्रबाट ५ जना सहभागि थिए ।
गत शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको थियो ।

