Archive Pages Design$type=blogging

.
Kheladi

जर्मनी र उत्तरी आयरल्यान्ड बलियो

२३ भदौ, काठमाडौं - थोमस मुलर र केली लाफेर्टीको खेल जीवन फरक दिशामा रहेको छ । तर यिनै दुई खेलाडीले निकालेको महत्त्वपूर्ण गोलको मद्दतले जर...

२३ भदौ, काठमाडौं - थोमस मुलर र केली लाफेर्टीको खेल जीवन फरक दिशामा रहेको छ । तर यिनै दुई खेलाडीले निकालेको महत्त्वपूर्ण गोलको मद्दतले जर्मनीसँगै उत्तरी आयरल्यान्ड सोमबार राति सन् २०१६ को युरो छनोटको नजिकको दूरीमा पुगेका छन् । विश्वकप र युरोपेली च्याम्पियन्स लिग विजेता मुलरको दुई गोलमा जर्मनीले स्कटल्यान्डलाई ३–२ ले हरायो ।

हारले स्कटलयान्डको छनोट सम्भावना कमजोर भएको छ । अब उसले प्ले–अफ खेल्ने तेस्रो स्थान हात पार्न पनि संघर्ष गर्नुपर्नेछ । इंग्लिस प्रिमियर लिग क्लब नरविचका लागि सुरुआती टिममा पर्न नसकिरहेका लाफेर्टीले उत्तरी आयरल्यान्डका लागि इन्ज्युरी समयमा गोल गरे र टिमले हंगेरीविरुद्ध १–१ को बराबरी निकाल्यो । यसले टिम आफ्नो समूहमा शीर्ष स्थानमा रह्यो ।

उत्तरी आयरल्यान्ड रोमानियासँगै समान अंकमा छ । दुई चरणको खेल बाँकी रहेको बेला उसलाई हंगेरीमाथि चार अंकको ठोस अग्रता प्राप्त छ । अब अर्को खेलमा उत्तरी आयरल्यान्डले समूहको पुछारमा रहेर कमजोर बनेको ग्रिसमाथि जित प्राप्त गर्न सके त्यो युरो छनोटका लागि पर्याप्त हुनेछ । यस्तोमा उत्तरी आयरल्यान्ड सन् १९८६ को विश्वकपपछि पहिलोपल्ट ठूलो प्रतियोगितामा छनोट हुनेछ ।
 

पोर्चुगल पनि फ्रान्समा हुने प्रतियोगिताको छनोट नजिक पुगेको छ । उसले म्यागुएल भेलोसोले खेलको अन्त्यतिर गरेको गोलमा अल्बानियालाई १–० ले हरायो र आफ्नो समूहको शीर्ष स्थानमा रह्यो । पोर्चुगल तेस्रो स्थानमा रहेको अल्बानियाभन्दा चार अंकले अगाडि छ र यस समूहमा पनि दुई चरणका खेल मात्र बाँकी रहेका छन् । विश्व विजेता जर्मनीले भने जितसँगै लगातार राम्रो प्रदर्शनको कीर्तिमान पनि बनाएको छ ।

जर्मनी पछिल्ला ७१ खेलमा पहिलोपल्ट गोल गरेर अहिलेसम्म पराजित हुनुपरेको छैन । जर्मन प्रशिक्षक जोचिम लोले जर्मनी स्कटल्यान्डविरुद्ध तीन अंकका लागि पूरा हकदार रहेको दाबी गरे । उनले भने, ‘आजको खेलमा हामीले पूर्णत: पकड कायम राख्यौं । त्यसैले हामी जितका हकदार छौं । हाम्रा खेलाडीले जसरी खेलिरहेका छन्, त्यसमा मलाई गर्व छ ।’

त्यसका ठीक विपरीत स्कटिस प्रशिक्षक ग्रोडेन स्ट्रचनका लागि भने अप्ठ्यारो समय निर्माण भएको छ । तर पनि हारमा उनले आफ्ना खेलाडीको प्रशंसा गर्न भने बिर्सेनन् । ‘स्थिति प्रतिकूल रहे पनि हाम्रा खेलाडीले जसरी खेले, त्यसमा प्रशंसाका शब्द खर्चिन कन्जुस्याइँ गर्न मिल्दैन ।
 

उत्तरी आयरल्यान्डका लागि भने हंगेरीले पहिला गोल गरे पनि स्थिति प्रतिकूल देखिएको थियो । तर लाफेर्टीले ठीक समयमा छनोटका लागि निर्णायक सावित हुन गोल निकाले ।

‘अब छनोटमा हाम्रा लागि दुई खेल बाँकी छ र हामीले त्यसमध्ये एकमा जित निकाल्नुपर्नेछ । हामी अन्त्यसम्म पनि कडा मिहिनेत गर्न तयार छौं र आफ्ना समर्थकलाई खुसी दिन चाहन्छौं,’ लाफेर्टीले भने, ‘यो टिमले मिहिनेत गर्ने काम रोक्न जानेको छैन र हामी छनोटका लागि प्रतिबद्ध छौं ।’
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: जर्मनी र उत्तरी आयरल्यान्ड बलियो
जर्मनी र उत्तरी आयरल्यान्ड बलियो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEidc0gK24oPDnSpVsfNqVJ61RDDo7Bg21SolEyfldpYEA36vOW_rz4Bip3-pu75S6QLyJssfgbOOc4MmQs0x5LNDoPKWppHWbxxEbyIAPOyOjPp1cqZVM-TePV2lK-n0HNL-pdOPXsGCXw/s640/glenn-whelan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEidc0gK24oPDnSpVsfNqVJ61RDDo7Bg21SolEyfldpYEA36vOW_rz4Bip3-pu75S6QLyJssfgbOOc4MmQs0x5LNDoPKWppHWbxxEbyIAPOyOjPp1cqZVM-TePV2lK-n0HNL-pdOPXsGCXw/s72-c/glenn-whelan.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_89.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_89.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago