२७ भदौ, एएफपी, न्यूयोर्क - प्रत्येक खेल बिदाईको रुपमा लिएकाले हनसक्छ, फ्लाभिया पेनेटाले आरामसँग आफ्नो सर्बोत्कृष्ट खेल पस्कदै यूएस ओपन ...
२७ भदौ, एएफपी, न्यूयोर्क - प्रत्येक खेल बिदाईको रुपमा लिएकाले हनसक्छ, फ्लाभिया पेनेटाले आरामसँग आफ्नो सर्बोत्कृष्ट खेल पस्कदै यूएस ओपन टेनिसको उपाधि शनिबार जितेकी छिन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
बाल्यकालकी साथी रोबेर्ता भिन्चीलाई फाइनलमा ७–६, ६–२ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्ने सबभन्दा बढी उमेरकी महिला खेलाडी भएलगत्तै इटालियन पेनेटाले सन्यास घोषणा गरिन् ।
‘यो जितेसँगै मेरो जीवन पर्फेक्ट भएको छ,’ पेनेटाले भनिन्, ‘यस्तो खेल्नु र यसरी टुंग्याउनु आश्चार्य नै हो । म निक्कै खुशी छु र आफूप्रति गर्व गर्छु । म योभन्दा राम्रो अन्त्य गर्न सक्दिन । अब खेल्न कसरी रोक्ने भन्ने सपना देख्ने हो भने सबभन्दा पर्फेक्ट बाटो यही हो ।’
गत महिना टोरोन्टोमा उनले अन्तिम ग्रान्डस्लाम खेल्ने निर्णय लिएकी थिइन् । उनले यो बर्षको वहुान, बेइजिङपछि छनोट भएमा सिंगापुरमा हुने डब्लुटीए फाइनल खेल्नेछिन् । तर, २६ औं वरीयताकी उनले युएस ओपनको उपाधि रक्षा गर्ने र २०१६ को ओलम्पिक खेल्ने कुनै योजना नभएको बताइन् ।
३३ वर्षीय पेनेटाले उपाधि यात्रामा आफूभन्दा माथिल्लो वरीयताका अस्ट्रेलियाली सामन्था स्टोसर (२२), चेक रिपब्लिककी पेट्रा केभिटोभा (५) र रोमानियाकी सिमोना हालेप (२) लाई पराजित गरेकी थिइन् । उनी ग्रान्डस्लाम टेनिस जित्ने दोस्रो र युएस ओपन जित्ने पहिलो इटालियन हुन् ।
पेनेटाकी ‘सोरोगेट सिस्टर’ भिन्चीले शीर्ष वरीयताकी अमेरिकी सेरेना विलियम्सको यो वर्ष २०१५ को चारै प्रतिष्ठित् उपाधि जित्दै २७ वाषर््पछि ‘क्यालेन्डर स्लाम’ पूरा गर्ने योजना सेमिफाइनमा तुहाएकी थिइन् ।
‘मैले उत्कृष्ट खेल्ने प्रयास गरे तर पेनेटाले नसोचिएको खेल प्रदर्शन गरिन् । उनलार्य धन्यवाद भन्न चाहन्छु । उनको सफलतामा साँच्चिकै खुशी छु,’ ३२ वर्षीय भिन्चीले भनिन् ।

