Archive Pages Design$type=blogging

.
Kheladi

यू-१९ साफ च्याम्पियन खेलाडी नगदसहित सम्मानित

३१ भदौ, काठमाडौं - सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलको विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले...

३१ भदौ, काठमाडौं - सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलको विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार यू -१९ साफ च्याम्पिनय टोलीका २३ खेलाडी सहित २८ सदस्यलाई जनही एक लाख रुपैया प्रदान गरेको हो ।

सम्मानित हुने खेलाडीमा कप्तान विमल घर्ती मगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकी छन् । यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल सम्मानित भएका छन् ।

प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले पनि सम्मानित भएका छन् ।

हालै काठमाडौंमा भएको पहिलो पहिलो यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानलाई हराएपछि सरकारले उपाधि जिते नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

फाइनलमा भारतलाई पराजित गर्दै नेपाल च्याम्पिनय बनेपछि सरकारले पूर्व घोषणा अनुसार टीमका प्रत्येक सदस्यलार्इ नगद १ लाख प्रदान गरेको हो ।

कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले फुटबलको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताए । ठूला देशलाई हराउने ताकत खेलकुदमा मात्र भएको बताउदै फुटबल मात्र नभइ पदक जित्ने सबै खेलका खेलाडीलाई सम्मान गरिने बताए ।
Name

अन्तर्राष्ट्रिय कराँते क्रिकेट खेलाडी टेनिस टेबलटेनिस तेक्वान्दो फुटबल बक्सिङ बास्केटबल बिचार/ब्लग ब्याडमिन्टन भलिबल भारोत्तोलन म्याराथन राष्ट्रिय
false
ltr
item
KHELADI: यू-१९ साफ च्याम्पियन खेलाडी नगदसहित सम्मानित
यू-१९ साफ च्याम्पियन खेलाडी नगदसहित सम्मानित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAJU0pbk6-HoOjRzSLlW77oxt2VfXMvHqs6LgMRo7mmqc_oUnR6xwfORG7ls3PESlub4Dfn2KJCH7wT-YgDsx_5_83U-b2p18SzM0_s-v44VaKWKhvlf0L6K8lyNZgw2LsTPRS7Mg1lqo/s640/Bimal-Samman-Programe.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAJU0pbk6-HoOjRzSLlW77oxt2VfXMvHqs6LgMRo7mmqc_oUnR6xwfORG7ls3PESlub4Dfn2KJCH7wT-YgDsx_5_83U-b2p18SzM0_s-v44VaKWKhvlf0L6K8lyNZgw2LsTPRS7Mg1lqo/s72-c/Bimal-Samman-Programe.jpg
KHELADI
http://kheladi.blogspot.com/2015/09/blog-post_91.html
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/
http://kheladi.blogspot.com/2015/09/blog-post_91.html
true
7656712200249907550
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago