२१ भदौ, काठमाडौं - युरो कप छनोट फूटबलमा आइतबार टर्कीले नेदरल्याण्ड्सलाई ३-०ले हरायो। टर्कीसँगको हारले नेदरल्याण्ड्सलाई सन् २०१६मा हुने य...
२१ भदौ, काठमाडौं - युरो कप छनोट फूटबलमा आइतबार टर्कीले नेदरल्याण्ड्सलाई ३-०ले हरायो। टर्कीसँगको हारले नेदरल्याण्ड्सलाई सन् २०१६मा हुने युरोकपमा छनोट हुने सम्भावना कमजोर भएको छ।
समूह ए अन्तर्गतकै अर्को खेलमा चेक गणतन्त्रले लात्भियालाई २-१ले हराएको छ।
कजाकस्तानसँग गोलरहित बराबरी खेले पनि आइसल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै प्रतियोगीताको लागी छनोट भएको छ। आइसल्याण्ड पहिलोपटक युरोकपमा छनोट भएको हो।
समूह बीमा वेल्स र इजरायलले गोलरहित बराबरी खेले भने बोस्निसया हर्जगोभिनाले एन्डोरालाई ३-०ले हरायो।
समूह एचमा माल्टा र अजरबैजानले गोल रहित बराबरी खेल्दा नर्वेले क्रोएसियालाई २-०ले हरायो। इटालीले बुल्गेरियाविरुद्ध १-०को जित हात पार्यो।
